Muna Bhusal

Politician, Social worker.

Showing posts with label Photos. Show all posts
Showing posts with label Photos. Show all posts

Tuesday, December 15, 2020

विपन्न बिमारीहरू लाई आर्थिक सहयोग हस्तान्तरण

December 15, 2020 0

मङ्सिर २९, पर्वत,  कुस्मा नगरपालिका वार्ड नं ८, चुवा निवासी तिलक परियारका छ वर्षीय छोरा प्रमोद  परियार दुवै मिर्गौला फेल भई कान्ति बाल अस्पतालमा उपचार भइरहेको र वहाँ हरुलाई आर्थिक सहयोगको आवश्यकता परेको कुरा जानकारीमा आएकोले पर्वत सेवा समाज नेपालले गरेको नगद दश हजार सहयोग हस्तान्तरण भयो



कुस्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी टिका प्रसाद शर्मा कि ४४ वर्षीय श्रीमती अमृता शर्मा लामो समय देखि बिरामी भई उपचाररत रहनु भएको र वहाँको नियमित डायलसीस को लागि पर्वत सेवा समाज नेपालले गरेको आर्थिक  सहयोग बिरामीका श्रीमान् टिका प्रसाद शर्मा लाई हस्तान्तरण भयो



फलेवास नगरपालिका वार्ड नं ३ शङ्कर पोखरी निवासी ४५ वर्षीय लक्ष्मी जैसी तिवारी मङ्सिर ७ गते रुखबाट लडेर मेरुदण्डमा समस्या भएपछि पोखरा हरियो खर्क अस्पतालमा उपचार भइरहेको र आर्थिक सहयोग आवश्यक रहेकोले पर्वत सेवा समाज नेपालले उपलब्ध गराएको आर्थिक सहयोग हस्तान्तरण भयो



पर्वत जिल्ला ,फलेवास नगरपालिका वार्ड नं ११, पाङराङ निवासी सेते नेपालीको छोरा गणेश नेपाली (सुके ) लाई पक्ष घात भएको र उहाँको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचार गर्न नसकिरहेको अवस्थामा पर्वत सेवा समाज नेपाल द्वारा रु १० हजार सहयोग हस्तान्तरण गरिएको छ ।


विहादी गाउँपालिका वडा न ३ रानिपानी निवासी गोमा पराजुली ब्रेन ह्याम्बरेज
 भएर लामो समय उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल काठमाडौँमा राखी उपचार गराइरहेको र हाल नेचर केयर हस्पिटल भरतपुरमा उपचाररत हुनुहुन्छ । यसरी उपचार गर्दै गर्दा आर्थिक रूपले कमजोर रहेकाले उपचार गर्न खर्चको अभाव भएको । अहिले सम्म २९/३० लाख खर्च भएको । पर्वत सेवा समाज नेपालको तर्फबाट रु दस हजार सहयोग हस्तान्तरण भएको छ ।



 

 

सर्वसत्तावादी सोचका विरुद्धको शानदार, सभ्य र भव्य प्रदर्शनमा सहभागिता जनाउँदै

December 15, 2020 0

 


फेरी, एक पटक नेपालमा इतिहास दोहोरिएको छ। शक्ति र सत्ताको पोखरीमा डुबुल्की मारेको हिजोका सर्वहाराहरू समेत सम्मिलित कम्युनिस्ट सर्वसत्तावादी सोचका विरुद्ध लाखौँ लाख नेपाली जनताहरू स्वतःस्फूर्त सडकमा ओर्लिएर खबरदारी गरेका छन्।


प्रतिपक्ष भनेको सडकमा कुदिरहेको सवारी साधन जलाउने, निजी तथा सार्वजनिक कम्पाउन्डका रेलिंगहरु तोड्ने, आगजनी र हुलदङ्गा गर्ने होइन, शान्तिपूर्ण ढङ्गबाट आफ्नो संविधान प्रदत्त अधिकारको सदुपयोग गर्दै लोकतान्त्रिक तबले अन्याय, अत्याचार,  भ्रष्टाचार र सर्वसत्तावाद को  विरुद्ध नेपाली जनताहरूको आवाजहरूको प्रतिनिधित्व गर्दै त्यसको प्रतिबिम्बहरू सडक मार्फत बुलन्द पार्ने हो भन्ने पाठ नेपाली राजनीतिमा स्थापित भएको छ।

 

सात दशक लामो नेपाली जनताहरूको निरन्तरको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति विधिमा आधारित शासन व्यवस्था, कानुनी राज्यको सुनिश्चितता र सबै खाले असमानताहरुका विरुद्ध नेपाली काँग्रेस कोही कसैसँग कहिल्यै सम्झौता गर्दैन र नेपालमा काँग्रेस रहुन्जेल कसैले प्रजातन्त्रको बिरुद्ध कुनै षडयन्त्र गर्न सक्दैन भन्ने संदेश आजको विशाल जन सहभागिताले प्रमाणित गरेको छ।

जय नेपाल,

मुना भुसाल



















    

 

 

Saturday, March 30, 2019

दुबई कार्यक्रमका फोटोहरु

March 30, 2019 0
अन्तराष्ट्रिय पर्वत समाजको यो कार्यक्रममा उपस्थित भएर आफ्ना कुराहरु राख्न पाउदा मलाइ निकै गौरवान्वित महसुस भईरहेको छ । संस्था गठन हुदाका बखत प्रथम अधिवेशन चलिरहेको अवस्थामा सिंगो हलले एकमत रुपमा अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधि भनेर मेरो नाम  घोषणा गर्दा यो संस्थाको कामको लागि म  दिलोज्यान ले लागि पर्नेछु भनेर मैले प्रण गरेकी थिए । त्यसरी काम गर्ने अवशर प्रदान गर्नुभएको मा संस्था प्रति आभारी छु । नेपाल प्रतिनिधिको रुपमा मैले कति काम गर्न सकें त्यो कुरा हाम्रो कार्यसमिति र समाजले मुल्यांकन गर्ने कुरा हो । मैले मेरोतर्फबाट समय मिलाउदै र परिस्थितिहरु संग जुध्दै आफ्नो सतप्रतिसत दिने प्रयत्न गरेकी छु ।