मङ्सिर २९, पर्वत, कुस्मा नगरपालिका
वार्ड नं ८, चुवा निवासी तिलक परियारका छ वर्षीय छोरा प्रमोद
परियार दुवै मिर्गौला फेल भई कान्ति बाल अस्पतालमा उपचार भइरहेको र वहाँ
हरुलाई आर्थिक सहयोगको आवश्यकता परेको कुरा जानकारीमा आएकोले पर्वत सेवा समाज
नेपालले गरेको नगद दश हजार सहयोग हस्तान्तरण भयो
कुस्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी टिका प्रसाद शर्मा कि ४४ वर्षीय श्रीमती अमृता शर्मा लामो समय देखि बिरामी भई उपचाररत रहनु भएको र वहाँको नियमित डायलसीस को लागि पर्वत सेवा समाज नेपालले गरेको आर्थिक सहयोग बिरामीका श्रीमान् टिका प्रसाद शर्मा लाई हस्तान्तरण भयो
फलेवास नगरपालिका वार्ड नं ३ शङ्कर पोखरी निवासी ४५ वर्षीय लक्ष्मी जैसी तिवारी मङ्सिर ७ गते रुखबाट लडेर मेरुदण्डमा समस्या भएपछि पोखरा हरियो खर्क अस्पतालमा उपचार भइरहेको र आर्थिक सहयोग आवश्यक रहेकोले पर्वत सेवा समाज नेपालले उपलब्ध गराएको आर्थिक सहयोग हस्तान्तरण भयो
पर्वत जिल्ला ,फलेवास नगरपालिका वार्ड नं ११, पाङराङ निवासी सेते नेपालीको छोरा गणेश नेपाली (सुके ) लाई पक्ष घात भएको र उहाँको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचार गर्न नसकिरहेको अवस्थामा पर्वत सेवा समाज नेपाल द्वारा रु १० हजार सहयोग हस्तान्तरण गरिएको छ ।
No comments:
Post a Comment