अन्तराष्ट्रिय पर्वत समाजको यो कार्यक्रममा उपस्थित भएर आफ्ना कुराहरु राख्न पाउदा मलाइ निकै गौरवान्वित महसुस भईरहेको छ । संस्था गठन हुदाका बखत प्रथम अधिवेशन चलिरहेको अवस्थामा सिंगो हलले एकमत रुपमा अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधि भनेर मेरो नाम घोषणा गर्दा यो संस्थाको कामको लागि म दिलोज्यान ले लागि पर्नेछु भनेर मैले प्रण गरेकी थिए । त्यसरी काम गर्ने अवशर प्रदान गर्नुभएको मा संस्था प्रति आभारी छु । नेपाल प्रतिनिधिको रुपमा मैले कति काम गर्न सकें त्यो कुरा हाम्रो कार्यसमिति र समाजले मुल्यांकन गर्ने कुरा हो । मैले मेरोतर्फबाट समय मिलाउदै र परिस्थितिहरु संग जुध्दै आफ्नो सतप्रतिसत दिने प्रयत्न गरेकी छु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment