Muna Bhusal

Politician, Social worker.

Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Tuesday, December 15, 2020

विपन्न बिमारीहरू लाई आर्थिक सहयोग हस्तान्तरण

December 15, 2020 0

मङ्सिर २९, पर्वत,  कुस्मा नगरपालिका वार्ड नं ८, चुवा निवासी तिलक परियारका छ वर्षीय छोरा प्रमोद  परियार दुवै मिर्गौला फेल भई कान्ति बाल अस्पतालमा उपचार भइरहेको र वहाँ हरुलाई आर्थिक सहयोगको आवश्यकता परेको कुरा जानकारीमा आएकोले पर्वत सेवा समाज नेपालले गरेको नगद दश हजार सहयोग हस्तान्तरण भयो



कुस्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी टिका प्रसाद शर्मा कि ४४ वर्षीय श्रीमती अमृता शर्मा लामो समय देखि बिरामी भई उपचाररत रहनु भएको र वहाँको नियमित डायलसीस को लागि पर्वत सेवा समाज नेपालले गरेको आर्थिक  सहयोग बिरामीका श्रीमान् टिका प्रसाद शर्मा लाई हस्तान्तरण भयो



फलेवास नगरपालिका वार्ड नं ३ शङ्कर पोखरी निवासी ४५ वर्षीय लक्ष्मी जैसी तिवारी मङ्सिर ७ गते रुखबाट लडेर मेरुदण्डमा समस्या भएपछि पोखरा हरियो खर्क अस्पतालमा उपचार भइरहेको र आर्थिक सहयोग आवश्यक रहेकोले पर्वत सेवा समाज नेपालले उपलब्ध गराएको आर्थिक सहयोग हस्तान्तरण भयो



पर्वत जिल्ला ,फलेवास नगरपालिका वार्ड नं ११, पाङराङ निवासी सेते नेपालीको छोरा गणेश नेपाली (सुके ) लाई पक्ष घात भएको र उहाँको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचार गर्न नसकिरहेको अवस्थामा पर्वत सेवा समाज नेपाल द्वारा रु १० हजार सहयोग हस्तान्तरण गरिएको छ ।


विहादी गाउँपालिका वडा न ३ रानिपानी निवासी गोमा पराजुली ब्रेन ह्याम्बरेज
 भएर लामो समय उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल काठमाडौँमा राखी उपचार गराइरहेको र हाल नेचर केयर हस्पिटल भरतपुरमा उपचाररत हुनुहुन्छ । यसरी उपचार गर्दै गर्दा आर्थिक रूपले कमजोर रहेकाले उपचार गर्न खर्चको अभाव भएको । अहिले सम्म २९/३० लाख खर्च भएको । पर्वत सेवा समाज नेपालको तर्फबाट रु दस हजार सहयोग हस्तान्तरण भएको छ ।



 

 

पर्वतमा स्वास्थ्य सामाग्री वितरण

December 15, 2020 0

पर्वत, मङ्सिर। विश्वभर कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण दर बढ्दो छ । पर्वतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको समयमा  पर्वत जिल्लाका विभिन्न गाउँ पालिकामा आफै पुगेर स्वास्थ्य  सामाग्री वितरणमा गर्ने कोसिस गरेकी छु ।   सोमबार पर्वतको पैयुँ गाउँपालिका,महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाका २ वटा वडामा मास्क वितरण गरियो  । गाउँ पालिकाका प्रत्येक वडाका वडा अध्यक्ष मार्फत सामाग्री वितरण गर्न समन्वय गर्दा वितरणमा सहज भएको महसुस गरेकी छु  । यस पटक प्रत्येक वडामा ५ सयका दरले मास्क वितरण गरिएको छ

संसारभर देखिएको आजको जटिल परिस्थिति सँग जुध्दै कोरोना भाइरस बच्न र सबैलाई सुरक्षित राख्ने उद्देश्यले निःशुल्क मास्क वितरण अभियान सुरु गरिएको हो  । विश्वव्यापी रूपमा महामारीका रूपमा फैलिरहेको भाईसर वाट बच्नका लागि विशेष सावधानीहरू अपनाउनु नै उत्तम उपाय हो त्यसैले कोरोना भित्री सकेपछि भन्दा पनि भित्रिनै नदिनका लागि सबैले आ आफ्नो तर्फबाट सचेत हुन जरुरी रहेको कुरा हामी सबैले बुझ्नु अति आवश्यक हुन्छ। फलेवास नगरपालिका र विहादी गाउँपालिकाका  सबै वडाहरूमा पुगेर स्वास्थ्य  सामाग्री हस्तान्तरण गरिएको छ भने अब क्षेत्र नम्बर १ का सबै वडामा स्वास्थ्य सामाग्री प्रत्येकको घर घरमा पुर्याउने  लक्ष्य रहेको छ ।

जनताको स्वास्थ्य सुरक्षा आजको प्रमुख आवश्यकता भएको अवस्थामा स्वास्थ्य सामाग्री वितरणको यो अभियानमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार, समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य श्री हरीबोल भण्डारी ज्यु ले उपलब्ध गराउनुभएको चार हजार थान मास्क पनि यसै कार्यक्रम अन्तर्गत वितरण गरिएको छ । म आदरणीय हरिबोल भण्डारी ज्यु सँग आगामी दिनहरूमा पनि सहकार्य र उचित सल्लाह सुझावको अपेक्षा राख्दै वहाँ प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

मुना भुसाल