पर्वत, मङ्सिर।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर बढ्दो छ ।
पर्वतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको समयमा पर्वत
जिल्लाका विभिन्न गाउँ पालिकामा आफै पुगेर स्वास्थ्य सामाग्री वितरणमा गर्ने
कोसिस गरेकी छु । सोमबार पर्वतको पैयुँ
गाउँपालिका,महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाका २ वटा
वडामा मास्क वितरण गरियो । गाउँ पालिकाका प्रत्येक वडाका वडा अध्यक्ष मार्फत
सामाग्री वितरण गर्न समन्वय गर्दा वितरणमा सहज भएको महसुस गरेकी छु । यस पटक
प्रत्येक वडामा ५ सयका दरले मास्क वितरण गरिएको छ
संसारभर देखिएको आजको
जटिल परिस्थिति सँग जुध्दै कोरोना भाइरस बच्न र सबैलाई सुरक्षित राख्ने उद्देश्यले
निःशुल्क मास्क वितरण अभियान सुरु गरिएको हो । विश्वव्यापी रूपमा महामारीका
रूपमा फैलिरहेको भाईसर वाट बच्नका लागि विशेष सावधानीहरू अपनाउनु नै उत्तम उपाय हो
त्यसैले कोरोना भित्री सकेपछि भन्दा पनि भित्रिनै नदिनका लागि सबैले आ आफ्नो
तर्फबाट सचेत हुन जरुरी रहेको कुरा हामी सबैले बुझ्नु अति आवश्यक हुन्छ। फलेवास
नगरपालिका र विहादी गाउँपालिकाका सबै वडाहरूमा पुगेर स्वास्थ्य सामाग्री
हस्तान्तरण गरिएको छ भने अब क्षेत्र नम्बर १ का सबै वडामा स्वास्थ्य सामाग्री प्रत्येकको घर घरमा पुर्याउने लक्ष्य
रहेको छ ।
जनताको स्वास्थ्य
सुरक्षा आजको प्रमुख आवश्यकता भएको अवस्थामा स्वास्थ्य सामाग्री वितरणको यो
अभियानमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार, समाजसेवी
तथा नेपाली काँग्रेस महासमिति सदस्य श्री हरीबोल भण्डारी ज्यु ले उपलब्ध
गराउनुभएको चार हजार थान मास्क पनि यसै कार्यक्रम अन्तर्गत वितरण गरिएको छ । म
आदरणीय हरिबोल भण्डारी ज्यु सँग आगामी दिनहरूमा पनि सहकार्य र उचित सल्लाह सुझावको
अपेक्षा राख्दै वहाँ प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
मुना भुसाल
No comments:
Post a Comment