पर्वत सेवा समाज नेपालले
पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरेको छ ।
विद्यालयमा फरक क्षमता भएका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोषाक
वितरण गरिएको हो ।
उक्त विद्यालयका फरक क्षमता
भएका विद्यार्थीलाई एक शैक्षिक अवधीभर पुग्ने गरि कापी, कलम, पोशाक सहित जाडोको कपडा
समेत वितरण गरिएको कार्यक्रममा पर्वत सेवा समाज नेपालको अध्यक्ष को हैसियतले आफै कार्यक्रमा उपस्थित हुन
पाउदा मलाइ निकै खुशी लागेको छ ।
विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण
गर्ने हाम्रो संस्थाको प्रमुख लक्ष समेत रहेको कुरा मा यहा हरुलाई जनाकारी गराउन
चाहान्छु ।
विद्यार्थीहरुलाई पर्वत जिल्ला कुश्मा नगरपालिका खुर्कोट घर भई हाल अमेरिका बस्दै आउनुभएका इन्दुराज रेग्मीको नेतृत्वमा संकलन गरेको आर्थिक सहयोग अभियानमा खुर्कोटका रोशन पौडेल, कुश्मा खरियाका सुनिल पौडेल, सुरज क्षेत्री, सुमन श्रेष्ठको आर्थिक सहयोग र पर्वत सेवा समाज नेपालको विशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयको सहयोगमा सक्रिय भूपू बिद्यार्थी समाजका सदस्य राजु पौड्यालको बिशेष सकृयता र पहलमा यो अभियान सुरु भएको थियो ।
शैक्षिक सामग्री पाउनेमा कक्षा १२ मा अध्यायनरत छात्रा सिता नेपाली, कक्षा ११ मा अध्यायनरत छात्र कुशल अधिकारी, कक्षा १० मा अध्यायनरत सदिक्षा शर्मा तिवारी, कक्षा ७ मा अध्ययनरत छात्र अनिस नेपाली, कक्षा ६ मा अध्ययनरत सुरज लामिछाने, र कक्षा ४ मा अध्ययनरत अनुजा पौडेललाई शैक्षिकसामग्री वितरण गरिएको हो । उक्त सामग्री विद्यालयमा आयोजित स्वर्ण महोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको छ ।
पर्वत सेवा समाज नेपाल अप्ठ्यारोमा परेका गरिव,दिन, दुखी, असाय र अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गर्ने संस्था भएको बताउँदै संस्थाले पिछडीएको वर्ग समुदाय, र बाढि पहिरोपीडितलाई सहयोग गदै आएको जिकिर गर्नुभयो । अपाङगता भएकै कारण कोही बालबालिका शिक्षावाट बञ्चित हुन हुदैन भन्ने पर्वत सेवा समाजको संस्थागत मान्यता रहेकै कारण शैक्षिक सामग्री वितरण गरिएको जानाकारी पनि दिनुभयो । पर्वत सेवा समाज गरिव, जेहेन्दार बिद्यार्थी एबं असहाय र उपचार पाउन नसकेका व्यक्तिहरुलाई सहयोग गर्दै सामजिक कार्यमा अग्रसर हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् राजनितिज्ञ गणेश पौडेलले पर्वत सेवा समाज नेपालले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले पर्वत सेवा समाज नेपालका काम नजिकवाट हेरेको बताउँदै संस्थाले दीन दु:खी र असहायको क्षेत्रमा उदाहरणीय काम गरेको बताउनु भयो ।
साथै पौडेलले आगमी दिनमा विद्यालयका अन्य बालबालिकालाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।कार्यक्रममा पर्वत सेवा समाज नेपालका सदस्य माधव पौडेलले संस्थाको वारेमा जानकारी दिँदैसहयोग संकलनका विषयमा बोल्नु भएको थियो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले उक्तसंस्थालाई धन्यवाद दिएका थिए । उक्त संस्थाले यस अघि पनि विभिन्न गरिव,असहाय, पीडित तथाअपाङगता भएका व्यक्तिहरुलाई सहयोग गदै आएको छ ।
अमेरिका बस्दै आएका इन्दुराज
रेग्मीले शैक्षिक सामाग्री हस्तान्तरण पश्चात पर्वत पत्रकार हरुलाई प्रतिक्रिया
दिँदै आफुले विगत लामो समय देखी दीन दु:खी, गरिव र असहाय व्यक्तिहरुलाई सहयोगगदै
आएको बताउँदै आगमी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले समाजसेवीले
आत्मसन्तुष्टि प्रदान गर्ने बताउँदै आत्म सन्तुष्टिका लागि समाजसेवा गरेको बताउनु
भयो । उक्त कार्यक्रम उसै विद्यालयका शिक्षक सन्तोष राज पौड्यालले संचालन
गर्नुभएको थियो ।
No comments:
Post a Comment