जन सम्पर्क समितिमा आवद्द सम्पूर्ण मित्रहरु साथै सुनौलो भविष्य कोर्नाका खातिर प्रवासी भूमिमा मेहनत गरिरहनुभएका मेरा श्रमजीवी दाजुभाई दिदीबैनी एबं शुभचिन्तक ज्यु हरुमा म मुना भुषालको तर्फबाट जय नेपालको न्यानो अभिवादन स्विकार्नुहोला ।
सम्भावना र अवशर खोज्दै देश छोडेर मुग्लान छिर्नु हाम्रो रहर होइन, आफ्नो मुलुकमा यहा जस्तै यथेस्ट सम्भावनाहरु भैइदिएको भए यहा गरिएको मेहनत आफ्नै देशमा गरिन्थ्यो होला र त्यो मेहनतले पनि हाम्रो भविष्य सुनौलो तरिकाले नै कोर्थ्यो होला तर त्यसो हुन सकेन । आफ्नै घरमा बसेर केहि बिशेष प्रगति गर्न नसकेको अवस्थामा हामीलाई स्थान र अवशर प्रदान गरेर यो कर्म भूमिले जुन गुन लगाएको छ त्यो गुन प्रति सम्पूर्ण नेपाली जनताको तर्फबाट म हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

No comments:
Post a Comment